Thursday, May 17, 2018

उच्च रक्तचाप (Hypertension) नियन्त्रण गर्न के गर्ने ?

उच्च रक्त चाप (Hypertension)
उच्च रक्त चाप अहिले धेरैमा देखिरहेको समस्या हो  विभिन्न कारणले गर्दा यो समस्या डरलाग्दो रुपमा बढ्न थालेको यो बढ्नुको कारण मध्य एक खानपान अर्को वर्तमान जीवनशैली हो  २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको उक्त सर्वेमा २५ प्रतिशत वयष्क पुरुषमा उच्च रक्तचाप भेटिएको छ। शहरी क्षेत्रमा यसको प्रभाव अझ बढ्दो हालसालै सिंहदरवारका कर्मचारीको रक्त चाप मापन गर्दा ७० प्रतिशत मानीसमा उच्च रक्त चाप भएको देखिएको छ। 
असन्तुलित खानपान, एक्सरसाइजको कमी   तनावका कारणले उच्च रक्तचाप बढिरहेको छ। ठूलो संख्यामा रक्तचाप बढी हुने कारण यही हो यसबाहेक वंशाणुगत कारणले पनि यसको समस्या देखिन्छ यो हाम्रो नियन्त्रण भित्र हुँदैन। 
तर खानापान जीवनशैलीका कारण निम्तिएको उच्च रक्तचापको समस्या समाधान हाम्रै नियन्त्रणमा  खानपान   जीवनशैलीलाई परिमार्जन गरेर यो समस्याबाट उन्मुक्ति पाउन सकिन्छ  खानपानको शैली निकै परिवर्तन हुँदै गएको शरिरमा सोडियम नामक मिनिरलको मात्रा बढ्दै गइरहेको सोडियम शरिरलाई जरुरी मिनिरल नै हो तर आवश्यकता भन्दा बढी प्रयोगले  समस्या निम्त्याउछ यसको  अत्याधिक प्रयोगका कारण रक्तचापको समस्या निम्तिरहेको हो।  
स्वास्थ्यको हिसाबले ननुको मात्रा बढी हुनुलाई राम्रो मानिदैन यसले गर्दा पनि रक्त चाप बढ्ने हुन्छ व्यापारिक हिसाबले बनाइएका जंक फुडहरुले पनि रक्तचाप बढाउन मद्दत गर्छन् किनभने यस्तो खानामा सोडियमको मात्र बढी नै हुन्छ। खाना मिठो होस् भन्ने हिसाबले बनाइएको हन्छ गुलियो खानेकुरा बनाउँदा पनि सोडियम हालेको हुन्छ नुनिलो बनाउँदा पनि बढी सोडियम हालिएको हुन्छ अजिनामोटोमा पनि सोडियम हुन्छ ससेज, बिस्कुट, क्यान फुडलगायतका खाना उच्च रक्तचाप बनाउन सहयोगी हुन्छन्। 
चिल्लो बोसो भएको खानाले पनि रक्त चाप बढाउँछन् शरीरको वजन बढाउने जुनसुकै खाना जस्तै मैदा, ह्वाइट राइस पनि वजन बढाउने गर्छन् तिनीहरुमा सही पोषण हुँदैन, मिनिरलको सही मात्रा हँुदैन  त्यसैले यस्ता  खानाले उच्च रक्र चाप बढाउन मद्दत गर्छ धुम्रपान मध्यपानले पनि उच्च रक्तचाप बढाउँछ त्यसैले यस्तो खानाबाट टाढै बस्नु पर्छ। उच्च रक्तचाप  नियन्त्रणमा राख्न  फाइबरयुक्त  खानेकुरा खानुपर्छ नुनको मात्र कम गर्ने, चिल्लो भएको खानेकुरा कम खाने डाल्डाबाट बनेका खानेकुरा खाँदै नखाने गर्दा उपयुक्त हुन्छ  पशुजन्य पदार्थ दूध, दही, घिउ ठिक्क मात्रमा खाने गर्नुपर्छ उच्च रक्तचाप भइसकेका हरुले औषधिमात्र खाएर खानामा कुनै परिवर्तन गरेनन् भने लाभदायी हुँदैन त्यसैले रक्तचाप नियन्त्रणमा राख्न जीवशैलीमा परिवर्तन गर्न जरुरी छ। 
धुम्रपान मध्यपानबाट टाढै बस्ने, शारीरीक कसरत गर्ने, खानपानमा परिवर्तन गर्ने गर्नुपर्छ स्वास्थ्यवद्र्धक खानेकुरा खाने गर्नाले शरीरमा धेरै फाइदा हुन्छ ब्लड प्रेसर आफैंमा एउटा डरलाग्दो  दीर्घ रोग हो यसले गर्दा थुप्रै रोगहरु निम्तिने गर्छनन् मुटुरोग, मस्तिष्कघात, मधुमेह जस्ता रोगहरुको यो कारक हो। स्वस्ग्थ खाना सही जीवनशैली अपनाइयो भने रक्तचाप मात्रै होइन, योसँग सम्बन्धित धेरै रोगबाट जोगिन सकिन्छ।
खाना खाँदा नुनको मात्र कम गर्नु पर्ने हुन्छ विश्व स्वास्थ्य संगठनले दिनमा ग्राम भन्दा कम सोडियम  खानु भनेको यसको अर्थ दिनमा ग्राम भन्दा कम नुन खानुपर्छ भन्ने हो  केरा, सुन्तला, तरकारीमा हरियो सागपात, गेडागुडी, फर्सी, चना खाँदा रक्तचाप नियन्त्रण गर्न सहयोग पुग्छ। सिलाम, तिल, आलस ,फर्सीको बियाँ, ओखर, दूध, दही  ठिक्क मात्रामा खाने हो भने रक्तचाप  नियन्त्रण हुन्छ। 
हामीले घरमा फलाएको खानालाई मिसावट नगरी खाने गर्दा  पनि उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ मासु खाँदा बोसो रहित खाने फलफूल खाने जुस भन्दा फलफूलनै  खाँदा राम्रो मान्न सकिन्छ। नुनिलो सोडियमयुक्त खानु भन्दा आफ्नै घरमा बनाएको ताजा हेल्दी खाना खाने हो पोषिलो खानाको विभिन्न थरिका  खानुपर्छ प्याकेटका बनेर आएका चिज खान बन्द गर्नु पर्छ। घरको काम गर्ने, दैनिक एक घण्टा कसरत गर्ने हिँडहुल गर्ने हो भने पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुग्छ।

 सोफिया उप्रेती, न्युट्रिसियनिस्ट
जेठ , २०७५ बिहिवार ०२:३३:५४ प्रकाशित (http://www.swasthyakhabar.com)

No comments:

Post a Comment