Thursday, May 17, 2018

कङ्गोमा इबोलाको प्रकोप, समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह


प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् इबोला संक्रमणका विरामी यहाँ पुनःदेखा परेका हुन् झण्डै १० लाख व्यक्तिको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको सो समाचारमा जनाइएको
यसअघि यसै महिनाको। सुरुमा ब्यान्डाका सहरभन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए यस सक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए परीक्षणको लागि चार हजार इबोलाको खोप बुधबार मात्र कङ्गो पु¥याइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको थियो पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको विश्व स्वास्थ्य संगठनले थप जानकारी दिएको कङ्गोमा यस प्रकार इबोलाको नयाँ सक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको
यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप बिहीबार त्यहाँ पु¥याइएको इबोला संक्रमित उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन कङ्गोका अधिकारीले जानकारी दिएका छन्
सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीहरुको भनाइ रहेको पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो ।  स्रोत: (http://www.nepalihealth.com/)


No comments:

Post a Comment