Thursday, May 17, 2018

कति वजन भएकाले कति पानी पिउने ?


डाक्टर तथा पोषण विज्ञहरुको सल्लाह अनुसार मानिसले दिनमा कम्तिमा पनि गिलास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको सरीरको वजन तथा जिउडालमा भर पर्छ कत्रो जिउ भएका मानिसले कति पानी पिउने ? यसको सुत्र जानिराखौँ
सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस् सरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो सरीरको वजन थाहा पाउनुपर्छ किनकी ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ पानी सरीरमा विषाक्त पदार्थको निष्कासन देखि लिएर मेटाबोलिज्म तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ

यसरी पिउनुहोस् पानी
आफ्नो जिउको वजन थाहा पाइसकेपछि त्यसलाई ३० ले भाग गर्नुहोस् त्यसो गर्दा भागफल जत्ति आउँछ त्यति नै बराबरको लिटर पानी पिउन सुरु गर्नुहोस् जस्तै यदि तपाइँको वजन ६० किलो भने तपाइँले दिनमा लिटर पानी पिउनु आवश्यक हुन्छ ८० किलो वजन भएका मानिसले . लिटर पानी पिउनु पर्छ

व्यायामका बेला धेरै पानी
व्यायामका बेला सरीरबाट धेरै पसिना निस्किन्छ जिउमा पानी कमी हुन थाल्दछ पानीको कमी हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तीमा पनि एक गिलास पानी अवश्य पिउनुपर्छ साथै फलफुल तथा जुस पनि पर्याप्त खाने गर्नुपर्छ

सरीरको लागि आवश्यक पानीको मात्रा पूरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन यसका लागि धेरै पानीको मात्रा हुने फलफूल तथा अन्य खानेकुरा पनि भोजनमा सामेल गर्नुपर्छ सरीरमा २०।२५ प्रतिशत पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ जस्तै एउटा स्याउन ११६ मिलि लिटर पानी हुन्छ त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफूलमा पनि प्रसस्त पानी पाइन्छ |

(Original Source: http://www.healthkhabar.com)


No comments:

Post a Comment