Popular Posts

स्वास्थ्य तालिम केन्द्रका निर्देशक झलक शर्मा


काठमाडौं- 
स्वास्थ्य मन्त्रालयले राष्ट्रिय तालिम केन्द्रको निर्देशकमा झलक शर्मा पौडेललाई नियुक्त गरेको छ। ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखका रुपमा कार्यरत पौडेललाई तालिम केन्द्रको जिम्मेवारी दिइएको हो। उनले हिजोबाट नै निर्देशकका रुपमा हाजिर गरेका छन्।
यसअघि तालिम केन्द्रमा श्रीकृष्ण भट्ट निर्देशक थिए। उनले गत चैतमा उमेरका आधारमा अवकाश पाएका थिए। भट्टले अवकाश पाएपछि तालिम केन्द्रको निर्देशक पद खाली थियो।
(SOURCE:http://www.swasthyakhabar.com/ )

No comments:

Post a Comment