Thursday, May 17, 2018

खर्बुजा स्वास्थ्यका लागि लाभदायी


गर्मी मौसम सुरु हुन् थाल्यो बजारमा बेच्न राखिएका खर्बुजा देख्ना साथ खाउँ खाउँ लाग्न थाल्छ सामान्य तयातिर्खा मेटाउन पानीको मात्रा शरीरमा सन्तुलित गर्न खाइने खर्बुजा प्रसस्त मात्रामा भिटामिन, खनिज, एन्टिअक्सीडेन्टहरु पाईन्छ
त्यसैले स्वास्थ्यका लागि अझ बढी लाभदायी हुन्छ के केमा हुन्छ लाभ ? एक पटक हेरौँ :
. दमबाट बचाउँछखरबुजामा प्रसस्त मात्रामा पाईने भिटामिन सी ले तपार्इँलाई दमको रोगी बन्न दिदैन
. रक्तचाप नियन्त्रण  : अमेरिकन जर्नल अफहाइपरटेन्सनमा प्रकाशित अध्ययनका अनुसार खर्बुजा खाने ब्यक्तिमा उच्च रक्तचाप तथा मुटु सम्बन्धी रोग लाग्न पाउँदैन
. क्यान्सरखर्बुजामा पाइने भिटामिन सी तथा अन्य एक्सिडेन्टले क्यान्सर बगाउने फ्रि रेडिकल बन्न दिदैन क्यान्सर बाट बचाउँछ त्यसैगरी यसमा पाईने लाइकोपिन नामक तत्वले प्रोस्टेट क्यान्सर हुन नदिने अध्ययनहरुले देखाएको
. पाचन प्रणालीखर्बुजामा प्रसस्त मात्रामा पाइने पानी फाइबरले पाचन प्रणलीलाई सन्तुलित राख्न मद्दत गर्छ
. हाइट्रेसन/शरीरमा पानीको मात्राखरबुजामा ९२ प्रतिशत पानी प्रसस्त मात्रामा खनिज पाईन्छ गर्मी मौसममा हाम्रो शरीरबाट बाहिर जाने पानीलाई खरबुजाले सन्तुलित पार्छ
. छालाछालाका तेल ग्रन्थीमा तेल बन्न भिटामिन चाहिन्छ त्यसैगरी शरीरका तन्तुहरु, छाला तथा रौंको बृद्धिको लागि भिटामिन जरुरी हुन्छ खर्बुजामा पाईने भिटामिन ले यो जरुरत पुरा गरी छालालाई स्वस्थ राख्न मद्दत गर्छ
. खर्बुजामा प्रसस्त मात्रामा पाईने कोलिन सुत्दा, मांसपेसी चलाउँने कामका लागि चाहिन्छ त्यस्तै सिकाई तथा यादगर्ने प्रक्रियामा पनि चाहिन्छ यी अलावा शरीर गलेको, दुखाई कमगर्न तथा चिल्लो पदार्थलाई सोस्ने पनि कोलिन चहिन्छ जुन खर्बुजाको सेवनबाट पाइन्छ । 
नेपाली हेल्थ, २०७५ वैशाख २४ गते १५:१५ मा प्रकाशित

कङ्गोमा इबोलाको प्रकोप, समयमै नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनको आग्रह


प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फेरि इबोला भाइरसको संक्रमण देखा परेको स्वास्थ्य अधिकारीले जनाएका छन् दश लाख जनसंख्या भएको उत्तरपश्चिमी सहर ब्यान्डाकामा सो संक्रमण देखिएको त्यहाँका स्वास्थ्यमन्त्रीले जानकारी दिएका छन् इबोला संक्रमणका विरामी यहाँ पुनःदेखा परेका हुन् झण्डै १० लाख व्यक्तिको बसोबास रहेको उक्त सहरमा यो संक्रमण देखा परेकोले यसको प्रकोप बढ्न सक्ने त्रास बढेको सो समाचारमा जनाइएको
यसअघि यसै महिनाको। सुरुमा ब्यान्डाका सहरभन्दा करिब १५० किलोमिटर टाढा अवस्थित ग्रामीण वस्तीमा इबोला संक्रमणका विरामी देखिएका थिए यस सक्रमणमा परी करिब २३ जनाले ज्यान गुमाएका थिए परीक्षणको लागि चार हजार इबोलाको खोप बुधबार मात्र कङ्गो पु¥याइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको थियो पश्चिम अफ्रिकामा सन् २०१४ मा इबोलाको महामारीको क्रममा सो खोपको परीक्षण सफल भएको विश्व स्वास्थ्य संगठनले थप जानकारी दिएको कङ्गोमा यस प्रकार इबोलाको नयाँ सक्रमणबाट खराब अवस्था आउनसक्ने भन्दै विश्व स्वस्थ्य संगठनले चिन्ता प्रकट गरेको
यस संक्रमणको नियन्त्रणका लागि विश्व स्वस्थ्य संगठनले सहयोग गर्ने वाचा गरेको त्यस बमोजिमका आठ हजार खोपमध्ये पहिलो किस्ताका चार हजार खोप बिहीबार त्यहाँ पु¥याइएको इबोला संक्रमित उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई सकेसम्म चाँडो खोप लगाउने विश्व स्वास्थ्य संगठन कङ्गोका अधिकारीले जानकारी दिएका छन्
सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा देखिएको इबोलाको भीषण महामारी कङ्गोमा हाल देखिएकोले परिस्थिति खतरापूर्ण पनि हुनसक्ने अधिकारीहरुको भनाइ रहेको पश्चिम अफ्रिकामा इबोला भाइरसको कारण करिब एघार हजार जनाको ज्यान गएको थियो यसको सक्रमण प्रकोप २८ हजार व्यक्तिमा देखिएको बताइएको थियो ।  स्रोत: (http://www.nepalihealth.com/)