Monday, August 13, 2018

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक सिफारिस गर्न यस्तो बन्यो समिति


रिक्त रहेको स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धाबाट नियुक्तिका लागि नाम सिफारिस गर्न तीन सदस्यीय सिफारिस समिति गठन भएको स्वास्थ्य बीमा सम्वन्धमा व्यवस्था गर्न बनेको ऐनको दफा २२ अनुसार समिति बनेको हो
सो दफा अनुसार संयोजकमा लोक सेवा आयोगको अध्यक्ष वा निजले तोकेको आयोग सदस्य संयोजक , अर्थशास्त्र, व्यवस्थापन, वित्त कानून, स्वास्थय अर्थशास्त्र तथा बीमा विषयमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तिमा सात बर्षको अनुभव प्राप्त व्यक्तिहरु मध्येबाट मन्त्रालयले मनोनित गरेको एक जना सदस्य स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव सदस्य सचिव हुने प्रावधान सोही अनुसार स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विज्ञ समूहबाट कानुनविद् बीरेन्द्रकुमार यादवलाई सिफारिस समितिको सदस्य नियुक्त गरिसकेका छन् संयोजक तोक्न लोक सेवा आयोगलाई पत्र पठाइएको समितिका सदस्य सचिव डा पुष्पा चौधरीले बताइन
यसअघि मन्त्रालयले सोमबार (हिजो) सूचना प्रकाशित योग्यता पुगेका इच्छुक व्यक्तिलाई सात दिन भित्र आफ्नो कार्ययोजना सहित दरखास्त दिन आवहान गरेको थियो समितिले सात दिनमा कार्ययोजना सहितको दरखास्त दिएका मध्येबाट तीन जनाको नाम छनौट गरी नियुक्तिका लागि मन्त्रिपरिषदमा सिफारिस गर्र्ने सोही मध्ये एक जनालाई मन्त्रिपरिषद्ले बर्षका लागि नियुक्ति गर्नेछ
कार्यकारीका निर्देशकका लागि चाहिने योग्यता यस्तो
(क) मान्यताप्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानुन, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्र सम्वन्धी विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी सम्वन्धित क्षेत्रमा कम्तीमा १० बर्षको अनुभव प्राप्त गरेको 
(ख) दफा १८ को खण्ड , बमोजिमको योग्यता पुगेको भनिएको सो अनुसार . मा नेपाली नागरिक हुनुपर्ने. मा  भ्रष्टाचार, जवरजस्ती करणी, मानव बेचविखन तथा ओसारपसार लागू औषध विक्री वितरण तथा निकासी वा पैठारी सम्पत्ती शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्वन्धी कसूर वा नैतिक पतन देखिने अन्य फौजदारी कसूरमा सजाय नपाएको व्यक्ति भनिएको त्यस्तै . मा चार बर्ष देखि निरन्तर स्वास्थ्य बीमा गरेको उल्लेख  कार्यकारी निर्देशकका लागि ६५ बर्ष ननाघेको व्यक्ति हुुनुपर्नेछ  
सूचनामा इच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रतिलिपि, अनुभव, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, उक्त पदमा नियुक्त भएमा आफूले सम्पादन गर्ने प्रस्तावित कार्ययोजना एवं प्रतिवद्धता समेत सम्लग्न राखि गोप्य खामवन्दी गरी मन्त्रालयमा दरखास्त दिन भनिएको

                                                                        Original Source: नेपालि हेल्थ (२०७५ साउन २)


No comments:

Post a Comment