Monday, August 13, 2018

उपचार शुल्क निर्धारण गर्दै स्वास्थ्य मन्त्रालय, अस्पतालसँग शुल्क सूची र लिनुको आधार माग


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवै अस्पतालहरुसँग उपचार शुल्क सूची लिनुको आधार मागेको  मन्त्रालयको गुणस्तर मापदण्ड तथा नियमन महाशाखाले शुल्कको विवरण माग गरेको हो। सरकारी, प्रतिष्ठान अन्तर्गतका, मेडिकल कलेजका, निजी अस्पताल सामुदायिक अस्पताललाई  शुल्क लिएको आधार लिनुको औचित्य सहितको विवरण अविलम्ब पठाउन अनुरोध गरेको छ। यसअघि अस्पतालहरुका छाता संशगठन मार्फत् शुल्क सूची मागिएको थियो। तर, आवश्यक मात्रामा नआएकाले पुनः सूचना जारी गरिएको हो।
अस्पतालहरुले लिइरहेको शुल्क विश्लेषण गरी त्यसको वैज्ञानिक आधार तय गर्ने  मन्त्रालयले जनाएको अस्पतालहरुले मनोमानी शुल्क असुलिरहेको गुनासो बढेपछि केही वर्षअघि पारित नियमावली शुल्क निर्धारण गर्ने उल्लेख गरिएको थियो। 
उपचार शुल्कमा हुने मनोमानी रोक्नस्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७०मा स्वास्थ्य सचिव संयोजकत्वको शुल्क निर्धारण समितिको व्यवस्था गरिएको छ। उक्त समितिले केही समयअघि काम थालेको हो जसअनुसार चिकित्सा महशाखा प्रमुख डा  दिपेन्द्र रमण सिंहले यसको  नेतृत्व गरिरहेका छन्।
स्वास्थ्य संस्थाहरुले प्रदान गर्ने सेवाको गुणस्तरका आधारमा मूल्य वा शुल्क निर्धारणको क्षेत्र, सेवाको पहिचान, वर्गीकरण, सेवा शुल्क निर्धारण गर्दा लिन सकिने आधारहरुमाथि मन्त्रालयले अनुसन्धान गरिरहेको  सरकारले २०७० सालमै शुल्क निर्धारणका लागि निर्देशिकामा व्यवस्था गरेपनि कार्यान्वयन बन्न थालेका हो स्वास्थ्यखबरले शुल्क निर्धारण हुनुपर्ने विषयमा लामो समयदेखि आवाज उठाउँदै आइरहेको
Original Source: स्वास्थ्य खबर पत्रिका (साउन २७, २०७५ आइतवार)

No comments:

Post a Comment