Thursday, July 26, 2018

सरकार र अनसनरत डा गोविन्द केसी पक्षबीच सिंहदरबारमा वार्ता सुरु


सरकार अनसनरत डा गोविन्द केसी पक्षबीच सिंहदरबारमा वार्ता सुरु भएको छ। यसअघि प्रधानमन्त्री केपी शर्मा अोलीले बालुवाटारमा गरेको छलफलपछि डा केसीको माग अनुसार नै चिकित्सा शिक्षा विधेयकमा ंशोधन गर्ने गरी वर्ता अगाडि बढेको हो।
वार्ता सकारात्मक भएका कारण डा केसीका वटै मागमा सहमति हुने सम्भावना बढेको छ। वार्ताले लिखित सहमति गर्ने बताइएको छ।
मंगलबार नै त्यससम्बन्धि सहमतिको प्रयास भएपनि बुधबार दिउँसोको वार्ता भाँडिएको थियो। बुधबार बेलुका प्रधानमन्त्री केपी शर्मा ओलीले डा केसी पक्षका वार्ता टोलीका सदस्यहरुसँग आफैं छलफल गरेका थिए। बेलुका बजेसम्म छलफल भएको थियो। 
त्यस्तै बिहीबार पनि बालुवाटारमा बिहानैदेखि अनौपचारिक छलफल सुरु भएको छ। छलफलमा सरकारको तर्फबाट नेता सुवास नेम्बाङ तथा प्रधानमन्त्री कार्यालयकी चिकित्सक डा दिब्या सिंह शाहले सक्रियता देखाएका थिए। त्यस्तै मेडिकल काउन्सिका अध्यक्ष डा.धर्मकान्त बाँस्कोटा तथा केदार भक्त माथेमा छलफलमा संलगन समेत थिए। 
डा.केसीको तर्फबाट सुरेन्द्र भण्डारी, अभिषेकराज सिंह लगायतले प्रतिनिधित्व गरेका थिए। डा. केसीका एक सहयोगीले पनि आज समझदारी हुने अनसन तोडिन सक्ने जानकारी दिए। डा केसी २७ दिनदेखि अनसनमा छन्। उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

Source: SWASTHYA KHABAR PATRIKA साउन १०, २०७५ बिहिवार १४:४३:५१ प्रकाशित