Wednesday, December 6, 2017

मुटु र मुटुसम्बन्धि समस्या

मुटु भनेको शरीरको केन्द्र हो यो कम्प्युटरको हार्ड डिस्क जस्तै हुन्छ शरीरका हरेक भाग चलायमान राख्न मुटुले काम गर्छ मुटुको आधारभूत काम रगत शरीरभर पुरयाउने हो शरीरको हरेक कोषमा रगत मार्फत अक्सिजन पुग्छ अक्सिजनले मात्र शरीरका हरेक कोष जिवित रहन्छन् मुटु एक किसिमको सेन्ट्रल पम्प मात्र हो यदि यो सेन्ट्रल पम्प फेलिएर भएमा शरीरको सबै भाग फेल हुन्छ

रिउम्याटिक भाल्भुलर हार्ट डिजीज 
रिउम्याटिक हार्ट डिजीज (बाथ मुटुरोग) अन्तर्गत सबैभन्दा खतरा भाल्भुलर हार्ट डिजीज हो यो स्टेप्टोकोकस ब्याक्टेरियाका कारण हुने ज्वरोले हुन्छ यो ब्याक्टिेरियाले पहिला घाँटीमा संक्रमण गर्छ त्यसपछि शरीरभित्र अनेक किसिमको प्रतिक्रिया भएर जोर्नी मुटुको भल्भहरुमा खराब गर्ने एन्टिजेन एन्टिबडिज बन्छ त्यही एन्टिजेन एन्टिबडीजको प्रतिक्रिया भएर मुटुको भल्भहरुमा समस्या आउँछ मुटुको भल्भहरुलाई ड्यामेज पारेमा त्यसलाई भल्भुलर हार्ट डिजीज भनिन्छ यो रिउम्याटिक ज्वरोले भएकाले यसलाई ¥युम्याटिक भाल्भुलर हार्ट डिजीज भनिएको हो
एन्टिजेन एन्टिबडीजले मुटुको भल्भलाई नोक्सान गरिदिन्छ कहिलेकाँही भाल्भलाई साँघुरो बनाइदिन्छ कहिलेकाँही खियाएर अलि ठूलो बनाइदिन्छ भल्भ भनेको ढोका जस्तै हो रगत मुटुको एकतिरको कोठाबाट मात्रै बग्छ माथिको कोठाबाट रगत तलको कोठामा आउँछ तर तलको कोठाबाट माथी जाँदैन भल्भ बिग्रिएपछि सामान्य हुनुपर्ने रगतको प्रवाह चक्र गडवड हुन्छ त्यसपछि रगत तलको कोठाबाट माथितिर जाने बाँयाबाट दाँया जाने लगायतका असामान्य प्रक्रिया हुन्छ रक्तचापमा परिवर्तन आउनेलगायतका समस्याहरु देखा पर्न थाल्छन्
अवस्था अनुसार यसको उपचार गर्नुपर्छ भल्भलाई धेरै क्षति नपु¥याएको थोरै मात्र भल्भलाई छिद्र बनाएको अवस्थामा औषधिले काम गर्नसक्छ धेरै बिग्रिएर मुटुलाई खराब पार्न थालेको अवस्थामा शल्यक्रिया गरेर भल्भ फेर्नुपर्छ ठिकै अवस्था रहेमा हेर्दै जानुपर्छ
हाइपरटेन्सिभ हार्ट डिजीज 
उच्च रक्तचापले मुटु मुटुबाट निस्कने नसाहरुमा पार्ने असरलाई हाइपरटेन्सिभ हार्ट डिजीज भनिन्छ यसलाई हाइपरटेन्सिभ कार्डियोभास्कुलर चेञ्जेज पनि भनिन्छ किनभने कार्डियोभास्कुलर अन्तर्गत मुटु मुटुबाहिरका नसाहरुको सन्दर्भ पनि जोडिएको हुन्छ
हाइपरटेन्सन (उच्चरक्तचाप) ले मुटुमा एथेरेस्केलेरोसिस गर्छ एथेरेस्केलेरोसिस भनेको मुटुमा रगत लैजाने नसालाई ड्यामेज गर्ने समस्या हो धेरै हाइपरटेन्सन (उच्चरक्तचाप) भएको अवस्थामा मुटुबाट निस्कने नसाहरु फुल्छन् त्यसलाई एन्युरिजम भनिन्छ मिर्गौलालाई धेरै असर गरेर मिर्गौलाका नरम नसाहरुलाई सुकादिने समस्यालाई रेनल भास्कुलर समस्या भनिन्छ मस्तिष्कका नरम नसाहरुलाई क्षति पु¥याएर मस्तिष्कमा समस्या ल्याउनसक्छ मस्तिष्कमा जाने नसाहरु खुट्टा, हातमा जाने नसाहरुमा पनि हाई प्रेसर सिस्टममा चलेर नसालाई ड्यामेज गरेर विस्तारै खराब गर्ने समस्यालाई पेरिफेरल भास्कुलर डिजीज भनिन्छ यसको समाधान भनेको उच्च रक्तचाप नियन्त्रण गर्नु हो
इस्किमिक हार्ट डिजीज 
मुटुमा पर्याप्त रगत नपुग्ने समस्या इस्किमिक हार्ट डिजिज हो विभिन्न कारणले कोरोनरी आर्टरी साँघुरिने, यसमा कोलेस्ट्रोल जम्मा हुने, आर्टरी च्यातिएर समस्या भएमा मुटुमा पर्याप्त रगत पुग्दैन यस्तो अवस्थालाई इस्किमिक हार्ट डिजीज भनिन्छ
मुटु चलेर मस्तिष्क एवं शरीरका हरेक कोषमा रगत मार्फत अक्सिजन पोषणतत्व पुग्छ मुटु चलाउन आवश्यक पर्ने पोषकतत्व कोरोनरी आर्टरीले पु¥याउँछ मुटुमा रगत पु¥याउने नसालाई कोरोनरी आर्टरी भनिन्छ ती नसामा रोग लागेमा कोरोनरी आर्टरी डिजीज भनिन्छ कोरोनरी आर्टरी डिजीज भएमा एन्जाइना हुन्छ चलिरहेको मुटुले पर्याप्त पोषक तत्व नपाएपछि छाती दुख्नथाल्छ यसलाई एन्जाइना भनिन्छ हिड्दा छाति धेरै भारी भएर आउने वा बसिरहेको बेलामा छाती भारी भएमा नसामा समस्या, रगत राम्रोसँग नपुगेको, पोषण नपाएर मुटुको मांसपेशी मर्न लागेको अवस्था भएर छाती दुख्ने समस्या देखिन्छ
हृदयघात 
मुटुमा रगत नपुगेर मुटुको नसा मरेमा त्यसलाई हृदयघात भनिन्छ पोषण नपाएर मुटु छटपटाउने सम्मको अवस्था एन्जाइना हो पोषण पाएमा छटपटाउन बन्द हुन्छ पोषण नपाएर मुटुको मांसपेशी मरेमा त्यसलाई हृदयघात भनिन्छ मुटुको कति भाग ¥यो भन्ने कुरा हेरेर मात्र पहिचान गर्न सकिन्छ कोरोनरी आर्टरी राम्रो भएमा समस्या आउँदैन कोरोनरी आर्टरीमा समस्या भएमा मुटुमा पनि समस्या आउँछ
सेरेब्रोभास्कुलर डिजीज
मस्तिष्कमा जाने रगतका आर्टरी (नसा) फूटेर मस्तिष्कमा हुने समस्यालाई सेरेब्रोभास्कुलर डिजीज भनिन्छ सेरिबेलम भनेको मस्तिष्क हो मुटुमा जाने नसालाई कोरोनरी आर्टरी भने जस्तो मस्तिष्कमा जाने रगतका नशालाई सेरिबेलम आर्टरी भनिन्छ सेरिबेलम आर्टरीमा कुनै समस्या आएमा सेरेब्रो भास्कुलर डिजीज हुन्छ त्यसैले ब्रेनमा जाने रगतको नसा सेरिवेलम आर्टरी फुटेमा स्ट्रोक हुन्छ मस्तिष्कको नसा बन्द भएमा मस्तिष्कघात हुन्छ
एक घण्टा भन्दा कम स्ट्रोक भएमा त्यसलाई ट्रान्जाइन्ट इस्किमिक एटेक्ट भनिन्छ कसैलाई प्यारालाइसिस भएर एक घण्टामा ठीक भएमा त्यो ट्रान्जाइन्ट इस्किमिक एटेक्ट हो यस किसिमको समस्या भइरहेमा त्यसलाई पर्मानेन्ट इस्किमिक एटेक्ट भनिन्छ

इन्फेक्सियस हार्ट डिजीज
मुटुको भल्भलगायतका विभिन्न भागमा इन्फेक्सन भई त्यसले मुटुमा पार्ने समस्यालाई इन्फेक्सियन हार्ट डिजीज भनिन्छ मुटुको मासंपेशी कमजोर भएमा त्यसलाई कार्डियोमायोप्याथी भनिन्छ मुटुको मासंपेशी बलियो भई जुन शक्तिले मुटु चल्नुपर्ने हो त्यो चलेन भने त्यसलाई कार्डियोमायोप्याथी भनिन्छ मुटुको पावर ६०७० प्रतिशत हुन्छ तर यो घटेर २०३० प्रतिशत भएमा यो कार्डियोमायोप्याथी हो
हात खुट्टामा जाने रगतको नसामा रोग लागेमा त्यसलाई पेरिफेरल भास्कुलर डिजीज भनिन्छ भास्कुलर भनेको नसा हो पेरीफेरी भनेको हातखुट्टा हो यसरी हात खुट्टामा जाने रगतको नसा बन्द भएमा हिँड्दा अफ्ठ्यारो हुने, हात चलाउन अफ्ठ्यारो, हात खुट्टा कालो भएर कुहिने जस्ता विभिन्न समस्या देखिन सक्छन्
कन्जिनेटल हार्ट डिजीज 
कतिपय बच्चाहरु जन्मजात मुटुमा प्वाल पर्ने, मुटुका नसाहरु उल्टोपाल्टो हुने जस्ता समस्या लिएर आएका हुन्छन् यो जन्मजात हुन्छ यसरी ठिकसँग मुटु नबनेको अवस्थालाई कन्जिनेटल हार्ट डिजीज भनिन्छ यसमा मुटु प्वाल परेको, असामान्य भल्भ, असामान्य मुटुका कोठाहरु आदि समस्या हुने गर्छ
हार्ट फेलियर
आफ्नो सामान्य गतिमा मुटु नचलेर रगतको चाप धान्न नसक्ने अवस्थालाई हार्ट फेलियर भनिन्छ मुटु ६०७० प्रतिशत गतिमा चलेको हुन्छ यसको गति २०३० प्रतिशतमा झरेमा हार्ट फेलियरको अवस्था आउँछ यसरी मुटुको गति कम हुँदा मुटु चलेपनि यसले शरीरका हरेक कोषलाई आवश्यक पर्ने पोषक अक्सिजन पु¥याउन सक्दैन यसले सास फेर्न गाह्रो हुने लगायतका समस्या देखिन्छ
मुटुको चाल गडबडी (एरेदमिया) 
मुटुको ढुकढुकी गडबड हुने रोगलाई एरेदमिया भनिन्छ हरेक मानिसको ढुकढुकी प्रति मिनेट ६०१०० पटक सम्म चलिरहेको हुन्छ कहिलेकाहीँ ढुकढुक बिग्रन्छ एकनासले चल्दैन कहिलेकाँही मुटु एकदम छिटो ढुकढुक हुन्छ भने कहिलेकाँही एकदम ढिलो हुन्छ यी दुवै अवस्था एरेदमिया अर्थात मुटुको चाल गडबडीसम्बन्धि समस्या हुन्

किन हुन्छ?
मुटुमा साना करेन्ट पु¥याउने एउटा सिस्टम हुन्छ त्यो सिस्टमबाट मुटुको सबैतिर करेन्ट पास भइरहेको हुन्छ यसरी करेन्ट जाने बाटो बन्द भएमा वा बाटोमा सर्ट सर्किट भएर अर्को बाटो लिएर मुटुका विभिन्न ठाउँमा साना करेन्ट बन्न थालेमा एरेदमिया (मुटुको चालमा गडबडी) हुन्छ
लक्षण
कहिले मुटु धेरै छिटो ढुकढुक हुन्छ भने कहिले धेरै ढिलो ढुकढुक हुन्छ मुटु ढिलो ढुकढुकी हुँदा मानिस बेहोस पनि हुनसक्छ सास फेर्न गाह« हुन्छ
उपचार
बिरामीको अवस्था हेरर उपचार गर्नुपर्छ छिटो ढुकढुक भएमा नियन्त्रण गर्नुपर्छ ढिलो ढुकढुक भएमा पेशमेकर राख्नुपर्ने अवस्था आउनसक्छ यो सम्बन्धित विशेषज्ञले गर्छन्
कार्डियाक अरेस्ट मुटुको गति रोकिनुलाई कार्डियाक एरेस्ट भनिन्छ हृदयघात, मुटुमा बिजुलीको करेन्ट नआएरलगायत विभिन्न कारण मुटुको गति रोकिनसक्छ मुटुले काम गर्न छाडेर मुटु रोकिनु कार्डियाक अरेस्ट हो कार्डिक एरेस्ट भएको मिनेटमा मानिसको मृत्यु हुन्छ कुनैपनि मानिस मर्नुअघि कार्डियाक एरेस्ट हुन्छ कार्डियाक एरेस्ट बिना मृत घोषणा गर्न सकिदैन कार्डियाक एरेस्टमा तत्काल उपचार पाएमा मानिस बाँच्न पनि सक्छ तर प्रायः अधिकांशको मृत्यु हुन्छ मुटुमा रगत आपूर्ति गर्ने ठूलो नसा फुटेमा मानिसको तत्काल मृत्यु हुन्छ सानो नसा फुटेमा धेरै हदसम्म बचाउन सकिन्छ भन्ने सिद्धान्त हो तर कहिलेकाँही सानो नसाले पनि समस्या ल्याउन सक्छ
इन्टरभेन्सनल पद्धतिबाट कसरी बिरामी बचाउन सकिन्छ
  • ९९ प्रतिशत मुटु ब्लक भएको अवस्थामा तार वा बेलुन राखेर त्यसलाई खोलेर बिरामी बचाउन सकिन्छ यसलाई हृदयघात हृदयघात हुन लागेको अवस्था मानिन्छ
  • मुटुलाई झट्का दिने तार चुडिएर वा बिग्रिएर मुटुको गति ढिलो भएमा पेसमेकर राखेर सामान्य गतिमा ल्याउन सकिन्छ
  • मुटुमा प्वाल हुँदा इन्टरभेन्सनल प्रविधिबाट जाली प्रयोग गरेर विना शल्यक्रिया प्वाल टाल्न सकिन्छ


वाथ मुटु रोग भएर भल्भ साँघुरिएको अवस्थामा वेलुनले खोलिन्छ यसरी बिना शल्यक्रिया पाइप, जाली, बेलुन, स्प्रिङबाट नसा खोल्ने अनावश्यक नसा बन्द गर्ने, भल्वको प्वाल टाल्ने आदि काम इन्टरभेन्सनल पद्धतिबाट भइरहेको यो पद्धतिबाट बिरामीले सहज रुपमा उपचार सेवा प्राप्त गर्छन् यस पद्धति प्रयोग गर्दा बिरामी हस्पिटलमा बस्नुपर्दैन यसमा करिब ९८९९ प्रतिशत सफल

Source: http://nepalhealthnews.com (डा. यादव देव भट्टवरिष्ठ मुटु विशेषज्ञनर्भिक इन्टरनेशनल हस्पिटल || प्रकाशित मिति :2017-09-29)